धनगढी/सरकारबाट फिर्ता हुन दिइएको निर्देशनको अवज्ञा गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबार तीन जना मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सोमबार एमाले स्थायी कमिटीले सुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको सरकारलाई रहेको समर्थन फिर्ता लिने र सरकारमा एमालेको तर्फबाट प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले प्रदेश सरकारमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई स्पष्टीकरण सोधेका हुन् । स्थायी कमिटीको आधिकारिक पत्र प्राप्त नभएको भन्दै बुधबारको प्रदेश संसदीय दलको बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागी मन्त्रीहरुपनि फिर्ता नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय