असार ७, नुवाकोट ।
जिल्लाको दुप्चेश्वर गाउँपालिकाले असार १ मा हेलम्बु गाउँपालिकामा गएको पहिरो तथा त्यसबाट सृजित बाढी पिडितका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै गाउँपालिका कार्यालयले हेलम्बुका बाढी पिडितलाई सहयोग गर्न गाउँपालिका सम्पूर्णमा अपिल समेत गरेको छ ।

गा.पा.को निर्णयमा भनिएको छ, ‘हाम्रो छिमेकी जिल्ला सिन्धुपालचोकको हेलम्वु गाउँपालिकामा हालसालै आएको वाढी र पहिरोले पुर्‌याएको धनजनको क्षतिप्रति दुख ब्यक्त गर्दै यस दुस्खद क्षणमा सम्पूर्णमा सहयोगको लागि अपिल गर्दै यस गाउँ कार्यपालिकाको मिति २०७८/३/०६ गतेको बैठकबाट हेलम्वु गाउँपालिकाको विपद व्यवस्थापन कोषमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।’

दुप्चेश्वरले उक्त सहयोग रकम पालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग गर्न लागेको हो । छिमेकीको पिडामा थोरै नै भए पनि मलहम लगाउनु अर्को छिमेकीको कर्तव्य हुने दुप्चेश्वरका अध्यक्ष योविन्द्रसिँह तामाङ बताउँछन् । यसबाहेक अन्य विषयमा समेत दुप्चेश्वर र हेलम्बु गाउँपालिकाबीच समन्वयात्मक कार्य रहिरहने उनको भनाई छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय