घर र मान्छे

-दीपकिरण खड्का

एउटा घर, भौतिक वस्तु मात्रै हुँदैन; त्यो घरमा जीवन हुन्छ ! त्यो झोपडी नै किन नहोस्- त्यो एउटा मान्छेको सपनाको महल हुन्छ !

घरमा सम्झनाका पोकाहरु हुन्छन्, सपनाका भकारीहरु हुन्छन्। त्यो घरबाट आफू बन्ने खुड्किलाहरु तयार हुन्छन्, देश बनाउने खाकाहरु तयार हुन्छन् !

घर स्यानो किन नहोस्, त्यो मान्छेको मन जस्तै फराकिलो हुन्छ। घर र मान्छे जोडिएका हुन्छन्, मान्छे छौन्जेल घर पनि घर हुन्छ मान्छे नभएको दिन घर समसान बन्छ।

सायद त्यो कठिनता र विषमता सहेर पनि त्यो प्रकोप सङ्ग हाम्रो घर जुधिरह्यो, सायद ऊ हाम्रै प्रतिक्षामा बसिरह्यो; तर अफसोस जब ऊ पनि झार खाँदाखाँदै हार खारेर गयो, मनको कुनै अन्तर्स्करणले सोच्यो होला, “नियती निर्दयी हुँदो रैछ !” प्रिय् घर, तिम्रो आँखाहरुबाट चियाएको मान्छेको डाँडो उस्तै झल्झली याद आउँछ ।

तिम्रो काखमा बसेर हेरेको मेलम्ची उस्तै देख्छु, तिम्रो छातीमा आफूलाई राखेर प्रत्येक दिन भावुक हुन्छु; बा जस्तै तिमीले पनि शोक पारेर गयौ ! मेरो लागि तिमी जीवन थियौ तिमी, अन्तिमपल्ट मैले त्यो दिन तिमीलाई निक्कै बेर नियालिरहेँ; विवशता नियति भैदियो ! धेरै सम्झना !

खड्का चीनको ज्यामुसी सिटीस्थित ज्यामुसी मेडिकल युनिभर्सिटीमा एमबीबीएसका विद्यार्थी हुन् । असार १ मा मेलम्चीमा आएको बाढीले घर, जग्गा, व्यवसाय (ट्राउट फार्म) र आफन्त समेत गुमाउन पुगेका खड्का सबै पिडालाई एकातिर थन्क्याएर अरुको पिडामा मलहम लगाउँदै छन् । अखबारपाटी टिम यहाँको कामलाई सलाम गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय