विराटमाथि कारवाही, १५ प्रतिशत जरिवाना तिर्नुपर्ने

प्रकाशित मिति :२०७८ बैशाख २, बिहीबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

काठमाडौं, २ वैशाख : रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबीका) का कप्तान विराट कोहलीलाई कारवाही गरिएको छ ।

आईपीएलको ‘कोड अफ कन्डक्ट’ तोडेकाले बीसीसीआईले उनीमाथि कारवाही गरेको हो ।
लेवल १ को कोडअनुसार तोडफोड गरेकाले विराटमाथि म्याच फिसको १५ प्रतिशत जरिवाना लागेको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादविरुद्ध १३ औँ ओभरमा उनी एक खराब शर्ट खेलेर आउट भएका थिए । विराट जेसन होल्डरको बलमा ठूलो शर्ट खेल्ने प्रयासमा आउट भएका थिए ।

सपछि कोहलीले मैदान बाहिर गएर डगआउटमा आफ्नो ब्याटले कुर्सीलाई तोडेको थिए । सो कुर्सी तोडफोड गर्दा उनीमाथि १५ प्रतिशत जरिवाना लागेको हो ।

क्रिकेट नियमको लेवल १ अनुसार कुनै पनि क्रिकेट खेलाडीले मैदानमा वा खेलका क्रममा, त्यसआसापास क्रिकेट उपकरण, कपडालगायत तोडफोड वा च्यात्न हुँदैन ।

विराटले खेलका क्रममा डकआउट जाने बेला कुर्सी तोडेका थिए ।

विराटले हैदराबादविरुद्ध ३३ रनको पारी खेलेका थिए । सो खेलमा आरसीबीले हैदराबादलाई ६ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय