स्थानीय तहको काम, कर्तव्य र अधिकार ( लोकसेवा तथा SEE परीक्षाका लागी अति नै महत्वपूर्ण )

प्रकाशित मिति :२०७८ बैशाख २, बिहीबार          
अनुमानित पढ्न लाग्ने समय : 4 मिनेट

आउनुहोस साथीहरु गाउपलिका तथा नगरपालिका र वडा समितीका स्थानीय तहको काम, कर्तव्य र अधिकार हरुको बारेमा केहि जानकारी आधार प्रधान गरौ।

स्थानीय तहको काम, कर्तव्य र अधिकार:-
नेपालको संविधानले स्थानीय तहको एकल अधिकारक्षेत्र अनुसूची ८ र साझा अधिकार क्षेत्र अनुसूची ८ मा व्यवस्था गरेको छ । एकल अधिकारक्षेत्रभित्रका विषयमा स्थानीय तह आफैले कानुन बनाइ ती अधिकारहरू प्रयोग गर्न सक्छन। साझा अधिकार क्षेत्र भनेको सङ्घ, प्रदेश र स्थानीय तह समेतका अधिकारहरू हुन जसको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले कानून बनाइ गर्न सक्छन् । साझा अधिकार क्षेत्रका विषयमा स्थानीय तहले कानून बनाउँदा संविधान, सङ्घीय र प्रदेश कानूनसँग नबाझिने गरी बनाउनुपर्छ ।

गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार:-
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ले स्थानीय तहको काम, कर्तव्य र अधिकारको विस्तृत रूपमा उल्लेख गरेको छ । संविधान बमोजिमको अधिकारक्षेत्रको सर्वसा मान्यतामा प्रतिकूल असर नपर्ने गरी ती अधिकारहरूको प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँपालिका तथा नगरपालिकाको मुख्य मुख्य काम, कर्तव्य र अधिकारहरू निम्न अनुसार छन् (विस्तृत जानकारीको लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ हेर्नुहोस्)।

सामाजिक क्षेत्र (शिक्षा, स्वास्थ, पिउने पानी र सरसफाई, सामाजिक सुरक्षा,
खेलकूदसम्बन्धी विषय,
आर्थिक क्षेत्र (कृषि, गैरकृषि उद्योग र सेवा एवम् पर्यटन व्यवसाय, सहकारी संस्था, हाट, बजार सञ्चालन, व्यवस्थापन),
भौतिक पूर्वाधार निर्माण (सडक तथा यातायत सञ्जाल, सिँचाइ, उर्जा र जलश्रोतको प्रयोग र उपयोग, सामाजिक पूर्वाधार (विद्यालय, स्वास्थ्य सेवा, सार्वजनिक भवन, सभागृह, ल्यान्डफिल साइट निर्माण आदि) स्थानीय ट्रली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन र नियमन, राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन आदि,
शहरी विकास, वस्ती विकास, भूमि व्यवस्थापन, भूउपयोग नक्सा, गुरु योजनाला
राष्ट्रिय भवन संहिताको अधीनमा रही स्थानीय मापदण्ड निर्धारण तथा परिपाल,
ऐतिहासिक तथा साँस्कृतिक पूर्वाधारको विकास, संरक्षण र सम्वर्दन,
सवैका सरोकारका विषयहरू (बालबालिका, लैङ्गिक, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, विपन्नवर्ग, वातावरण मैत्री स्थानीय शासन),
आर्थिक, प्राविधिक र स्रोतसाधन व्यवस्था एवम् क्षमता विकाससम्बन्धी स्थानीय,
कर र गैरकरको श्रोत पहिचान, आधार र दर निर्धारण, श्रोत परिचालन र व्यवस्थापन,
मालपोत, भूमिकर, जग्गाधनी पूर्जा वितरण, स्थानीय सञ्चित कोष व्यवस्थापन लगायत आर्थिक प्रशासनसम्बन्धी कार्य,
स्थानीय तहमा प्राकृतिक, भौतिक पूर्वाधार, ऐतिहासिक एवम् साँस्कृतिक लगायतका अचल, चल सम्पत्तिको अभिलेख, संरक्षण तथा व्यवस्थापन लगायतका कार्य,
वन, वातावरण, भू-संरक्षण, जलाधार क्षेत्र, जल उत्पन्न प्रकोप तथा विपद व्यवस्थापन,
सुशासन तथा समावेशी विकास प्रवर्द्धन तथा विकास,
तथ्याङ्क, सूचना, पाश्र्वचित्र, श्रोत नक्सा आदिको व्यवस्थापनका साथै व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह आदिको दर्ता, तथ्याङ्क र प्रतिवेदन,
सूचना, सञ्चार तथा प्रविधिको विकास र कागज रहित सेवाको प्रवर्द्धन, स्थानीय १०० वाट सम्मको एफ. एम. सञ्चालन तथा पत्रपत्रिका प्रकाशन स्वीकृति,
सेवाको सञ्चालन, सेवा समूह गठन, सङ्गठन विकास, समन्वय, कार्यालय स्थापना र व्यवस्थापन,
नीति, कानून, मापदण्ड, योजना, नियमनका साथै समन्वय, सिफारिशजस्ता विषयहरू,
विकास आयोजना तथा परियोजनासम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन,
ज्यालाको दररेट निर्धारण,
आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको कार्यक्रम तथा बजेट तगुमा कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन,
न्यायिक समितिको गठन, मेलमिलाप एवम् मध्यस्थता तथा स्थानीय तहमा फर र कार्यान्वयन,
आफ्नो क्षेत्रमा नगर प्रहरीसम्बन्धी नीति, कानुन र मापदण्डको निर्माण तथा निणय कार्यान्वयन, सञ्चालन, व्यवस्थापन तथा नियमन ।

संविधानले स्पष्ट उल्लेख नगरेको विषयहरू वा अवशिष्ट अधिकार सङ्घको अधिकारक्षेत्र अन्तर्गत रहने व्यवस्था छ। सङ्घले आफूमा निहित अधिकार र कार्यमध्ये कार्य प्रकृति अनुसार स्थानीय तहलाई केही अधिकार र कार्यनिक्षेपण गर्नसक्छ। त्यसरी प्राप्त कार्यहरू पनि स्थानीय तहको क्षेत्राधिकारभित्र पर्दछन् । ती कार्यहरूले स्थानीय तहको कार्य जिम्मेवारी थपिन्छ । प्रदेशले पनि आफ्नै क्षेत्राधिकार भित्रका विषय स्थानीय तहलाई निक्षेपण गर्न सक्छन । यी कार्यहरूबाट पनि स्थानीय तहको जिम्मेवारी र कार्यबोझ बढ्न सक्छ ।

सङ्घीयताको अवधारण अन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तहहरूको समन्वय तथा सहकार्यमा विभिन्न कार्यहरू सम्पादन गर्न सक्छन् । त्यसैगरी एकभन्दा बढी स्थानीय तह मिलेर पनि साझा तथा थप सेवा प्रदान गर्न सक्ने हुनाले ती कार्यहरूले पनि स्थानीय तहको कार्यक्षेत्रलाई प्रभाव पार्दछ।

वडा समितिको काम, कर्तव्य र अधिकार:-
वडासमितिको काम, कर्तव्य र अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कोदफा १२ बमोजिम कार्यपालिकाले तोके बमोजिम हुने व्यवस्था गरेको छ । यसरी वडाको काम, कर्तव्य र अधिकार तोक्दा कम्तीमा देहायका विषयक्षेत्र समावेश हुनेगरी तोक्नुपर्छ ।

योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन कार्य:-
सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार, वस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी वस्ती तथा टोलस्तर योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
वस्तीटोल विकास संस्थाको गठन र परिचालन तथा वडाका योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
वडाका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन,
निजी घर तथा घरपरिवारको लगत राख्ने,
ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्त्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने ।
विकास कार्य :-
बाल उद्यानको व्यवस्था,
अनौपचारिक शिक्षा कार्यक्रम प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन,
पुस्तकालय, वाचनालय, वडा तहको स्वास्थ्य केन्द्र तथा उपकेन्द्रको व्यवस्थापन,
सार्वजनिक शौचालय तथा स्नानगृहको व्यवस्थापन,
धाराको प्रबन्ध, कल वा, इनार तथा पोखरीको निर्माण र संरक्षण
फोहरमैला सङ्कलन र व्यवस्थापन,
कृषि तथा फलफूल नर्सरी स्थापना,
स्थानीयस्तरको जोखिम न्यूनीकरण ।
सामाजिक सुरक्षा र गरिबी निवारण कार्य :-
लक्षित समूहसम्बन्धी स्थानीय योजना, कायनक्रम, स्रोत परिचालन र व्यवस्थापन
सामाजिक सुरक्षासम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन,
व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराइको र तथ्याङ्क अभिलेख व्यवस्थापन,
भूमि व्यवस्थापन कार्य :-
कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक
तालिमको अभिलेखीकरण,
कृषि मलको माग सङ्कलन,
कृषिमा लाग्ने रोगहरूको विवरण तयारी,
पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
वडा भित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन ।
चाडपर्व, भाषा संस्कृतिको विकास कार्य :-
स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक,
सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने, गराउने,
स्थानीय मौलिकता झल्कने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवद्धन ।
नियमनसम्बन्धी कार्य :
वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता साना
कार्यको नियमन गर्ने,
घर निर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनुसार भए नभएको अनु
सार भए नभएको अनुगमन गर्ने,
सिफारिश तथा प्रमाणित गर्ने कार्य :-
नाता प्रमाणित, नागिरकता तथा नागिरकताको प्रतिलिपि लिन,
बहाल करको लेखाजोखा,
कोठा खोल्न रोहबरमा बस्ने,
मोही लगत कट्टा,
घर जग्गा करको लेखाजोखा,
जन्म दर्ता प्रमाणित,
व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा ब्यापार ब्यवसाय हुँदै नभएको,
मिलापत्रको कागज गराउने निवेदन,
विवाह प्रमाणित तथा अविवाहित प्रमाणित,
निःशुल्क स्वास्थ्य उपचार,
अङ्ग्रेजी भाषामा समेत सिफारिस तथा प्रमाणित
घर पाताल प्रमाणित,
व्यक्तिगत विवरण,
फलानाको घर कायम गर्न सिफारिस,
फरकफरक नाम, थर, जन्म मिति तथा दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस.
नाम, थर, जन्म मिति संशोधन ,
जग्गा धनीपूर्जा हराएको,
मन्जुरीनामा कागज प्रमाणित,
कित्ताकाट,
संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस, जीवितसँगको नाता प्रमाणित,
हकवाला वा हकदार प्रमाणित,
नामसारी गर्न सिफारिस,
जग्गाको हक भएको,
मृतकसँगको नाता सम्बन्ध,
उद्योग ठाउँसारी,
जीवित रहेको सिफारिस,
आधारभूत तथा पूर्व प्राथमिक विद्यालय खोल्ने र अनुमति दिने सिफारिस,
जग्गा मूल्याङ्कन सिफारिस तथा प्रमाणित,
विद्यालयको कक्षा थप सिफारिस,
पालन पोषणको लागि सिफारिस,
वैवाहिक अङ्गिकृत नागिरकताको सिफारिस,
आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सिफारिस
विद्यालय ठाउँसारी,
धारा तथा विद्युत जडानको सिफारिस,
प्रचलित कानून अनुसार प्रत्योजित अधिकार बमोजिम अन्य विषयमा सिफारिस तथा प्रमाणित ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय