हैदराबादविरुद्ध आरसीबीको रोमाञ्चक जित

प्रकाशित मिति :२०७८ बैशाख २, बिहीबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

काठमाडौं, २ वैशाख : भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ६ रनले विजयी भएको छ ।

जारी प्रतियोगितामा आरसीबीको यो लगातार दोस्रो जित हो ।
उसले पहिलो खेलमा मुम्बईलाई हराएको थियो । गएराति भएको खेलमा आरसीबीले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
उसका लागि उसका लागि कप्तान डेविड वार्नरले ५४, मनीष पाण्डेले ३८, राशिद खानले १७ र जानी बेयरिस्टोले १२ रन बनाए ।

बलिङमा सहबाज नदीमले तीन, हर्षल पटेल, मोहम्मद सिराजले दुई/दुई र कायल जेमिसनले एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ४९ रन बनायो । उसका लागि ग्लेन म्याक्सेवलले ४१ बलमा तीन छक्का र पाँच चौकासहित सर्वाधिक ५९ रन बनाए ।
त्यस्तै, कप्तान विराट कोहलीले ३३, साहबाज अहमदले १४, देवदत्त पाडिक्कलले ११ र कायल जेमिसनले १२ रनको योगदान दिए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा राशिद खानले सबैभन्दा किफायती बलिङ गरे । उनले चार ओभरमा महत्वपूर्ण दुई विकेट लिएर १८ रन खर्चिए । त्यस्तै, जेसन होल्डरले तीन, भुवनेश्वर कुमार, टी नटराजन र सहबाज नदीमले एक/एक विकेट लिए ।

आरसीबी लगातार दोस्रो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हैदराबाद भने लगातार दोस्रो हारले सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय