द. अफ्रिकाले दियो पाकिस्तानलाई विशाल लक्ष्य, यी दुईले खेले अर्धशतकीय पारी

प्रकाशित मिति :२०७८ बैशाख १, बुधबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

काठमाडौं, १ वैशाख : टी-२० क्रिकेट सिरिजको अन्तिम तथा निर्णायक म्याचमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई २ सय ४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि एडम मार्करम र जान्नेमान मलानले अर्धशतकीय पारी खेले । मार्करमले ३१ बलमा चार छक्का र ६ चौकासहित ६३ र मलानले ४० बलमा दुई छक्का र ५ चौकासहित ५५ रन बनाए ।

त्यस्तै, रस्सीभानडर दुसेनले अविजित ३४, जर्ज लिन्डेले २२ कप्तान हेनरिक क्लासेनले १५ र एन्डिले फेहलक्वायोले ११ रनको योगदान दिए ।बलिङमा मोहम्मद नवाजले दुई, हसन अली, शाहीनसाह अफ्रिदी र फहीम असरफले एक/एक विकेट लिए । तीन खेलको सिरिजमा दुवै टोलीले एक/एक म्याच जितेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय