शिबपुरी अध्यक्ष गोल्ड कपको उपाधी बिदुरलाई , आकाशको ह्याटि्रक

प्रकाशित मिति :२०७७ चैत्र २५, बुधबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

Reading Time: < 1 minute

नुवाकोट , शिबपुरी गाउँपालिकाको आयोजनामा भएको प्रथम शिबपुरी अध्यक्ष गोल्ड कपको उपाधी बिदुर नगरपालिकाले जित्न सफल भएको छ ।

फाइनल खेलमा शिबपुरी गाउँपालिकालाई ४-१ गोलको फराकिलो गोलअन्तरले हराउँदै बिदुर नगरपालिकाले उपाधी हात पारेको हो । बिदुरका लागि जर्सी न ११ का खेलाडी आकाश रानामगर एक्लैले ४ गोल गरे । शिबपुरिका तर्फबाट खेलको मध्य समयमा एक गोल भएता पनि हार टार्न सकेन । 

यो जित संगै बिदुर नगरपालिकाले ६ लाख सहित ट्रफी , मेडल तथा शिबपुरीले ४ लाख सहित ट्रफी हात पारेको छ ।
सुर्यगढीलाई हराएको किस्पाङ गाउँपालिकाले तेस्रो हुँदै २ लाख हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय