किरण बने एसियाकै साताको उत्कृष्ट खेलाडी

प्रकाशित मिति :२०७७ चैत्र २३, सोमबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

Reading Time: < 1 minute

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण कुमार चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । किरण यो उपाधि जित्ने पहिलो खेलाडी समेत हुन ।

नेपालले घरेलु भुमीमा ३७ वर्ष पछि उपाधि जित्दा नायक बनेका उनले ५५.६९ प्रतिशत मत ल्याउदै ‘एएफसी प्लेयर अफ दि विक’ बन्न सफल भए । दोस्रो स्थानमा साउदी अरेबियाका सलेह अल-सेहेरी रहे । उनको कुल २०.७२ प्रतिशत मत रह्यो । तेस्रो स्थानमा भने ईराकका अल अली महवइ रहे । उनले १०.१६ प्रतिशत मत पाए ।

एएफसीले एक साता अगाडी जारी गरेको सुचीमा किरण सँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ ‘एएफसी प्लेयर अफ दि विक’को मनोनयनमा परेका थिए ।

“सन् २०१९ देखि गोल नगरेको अवस्थामा आइपुगेको नेपालले २०१९ देखी गोल गरेको थिएन । तर, अत्मविश्वासले भरिएको किरणको टोलीले बंगलादेशलाई २–१ ले हराएर काठमाडौंमा थ्री नेसन्स कप जित्यो । त्यो सफलताको केन्द्रमा गोलकिपर तथा कप्तान किरण चेम्जोङ रहे, जसले तीन खेलमा एक गोलमात्रै खाए र थ्री नेसन कपको उपाधि जित्दै पुर्व कप्तान विराज महर्जनको बिदाइ भव्य बनाइदिए,” एएफसीले लेखेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय