
१७ चैत्र,नुवाकोट
शिवपुरी अन्तरपालिका अध्यक्षकप फुटवल प्रतियोगिताका लागी शिवपुरी वडा नं ७ स्थित बिर्ताको चौर यतिबेला बेहुलीझैँ सिँगारिएको छ ।
भोलि चैत्र १८ गतेदेखि संचालन हुने प्रतियोगिताका लागी जिल्लाका विभिन्न गाउँपालिकाको उत्साहजनक सहभागिता रहेको स्रोतले जनाएको छ ।
८ दिनसम्म संचालन हुने उप्त प्रतियोगितामा प्रथम हुने समूहलाई प्रमाणपत्र मेडल सहित छ लाख रुपैयाँ, दोस्रो हुनेलाई चार लाख रुपैयाँ र तेस्रो हुने समूहलाई दुई लाख प्रदान गरिने उल्लेख छ ।
फोटो : राम थापाको फेसबुक वालबाट