
१६ चैत्र,काठमाडौँ
गत शुक्रवार देखि लागिरहेको बाक्लो तुँवालो अझै तत्काल नहट्ने जल तथा मौसम बिभागले जनाएको छ ।
सोमबार जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै आगामी ३ दिनसम्म वायुमण्डल स्थिर अवस्थामा रहिरहने उल्लेख गर्दै अझै तीन दिनसम्म तुवालो रहने जनाएको छ ।
बिज्ञप्तिमा भनिएको छ , प्रिमनसुन सुरु हुने आजको दिन सम्म पनि ज्यादै न्युन बर्षा भई वायुमंडल सुख्खा भईरहेको अवस्थामा देशका विभिन्न ठाँउहरुमा तुवालो लाग्नु सामान्य नै मानिएपनि मिती २०७७/१२/१३ देखी देशका धेरै ठाउँहरुमा असमान्य प्रकारको तुवालो लागेको छ । र यसको स्वास्थ्यमा पर्ने नकारात्मक असरहरुमा आँखा पोल्ने र स्वास प्रस्वास समेतमा असर पुर्याउने उल्लेख छ ।