चौथो दुप्चेश्वर कप भलिवलका केही तस्बिरहरु (फोटो फिचर)

प्रकाशित मिति :२०७७ फाल्गुन २८, शुक्रबार          
अनुमानित पढ्न लाग्ने समय : 2 मिनेट

Reading Time: 2 minutes

फागुन २८, नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा आयोजित चौथो दुप्चेश्वर कप भलिवल प्रतियोगिताको दोस्रो दिन प्रथम चरणको चार खेल सम्पन्न भएको छ । दोस्रो दिन सम्पन्न पहिलो चरणको खेलमा मेघाङ गा.पा., जनजागरुक युवा क्लब, दुप्चेश्वर युवा क्लब र तादी गा.पा. क्वाटर फाइनलका लागि छनौट भएको छ । यसैगरी आज भएको क्वाटर फाइनलको तीन खेलमा दुप्चेश्वर गा.पा., तादी गा.पा. र मेघाङ गा.पा. बिजयी भएको छ । क्वाटर फाइनलका बिजेताहरुले भोली सेमिफाइनल खेल्नेछन् ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ स्थित दुप्चेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिता शनिवार सम्म सञ्चालन हुने छ । प्रतियोगिताका प्रथमलाई १ लाख रुपैयाँ, दोश्रोलाई ५० हजार रुपैयाँ, तेश्रोलाई ३० हजार रुपैयाँ र सान्तोना हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका सहआयोजक दुप्चेश्वर युवाक्लबका सल्लाहकार श्रीकृष्ण पण्डितले जानकारी दिएका छन् । उक्त भलिवल प्रतियोगिता दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालन भएको हो ।

तस्बिरहरु: रामेश्वर धिताल /मनोज आचार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय