महिलाको मृत्यु भएपछि स्थानीयले गरे डोजरमा आगजनी

प्रकाशित मिति :२०७७ फाल्गुन १८, मंगलवार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

Reading Time: < 1 minute

१८ फाल्गुण,धादिङ

सोमवार त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटार खोल्सी नजिकै  डोजरले खनेको माटोले पुरिएर महिलाको मृत्यु भएपछि स्थानीयले डोजरमा आगजनी गरेका छन्।

डोजरको ठक्करबाट स्थानीय ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको थियो । सडक निर्माणका क्रममा निस्किएको माटो फाल्दै गरेको डोजरले घाँस काटेर फर्किँदै गरेकी सरस्वतीलाई ठक्कर दिएको थियो। डोजरको ठक्करबाट ढलेकी उनको शव माटोमा पुरिएको अवस्थामा भेटिएको थियो।

घटनास्थलमा रहेका स्थानीयका अनुसार डोजरको ठक्करपछि घाइते भएकी उनलाई उठ्न नभ्याउँदै डोजरले माटो हालेर पुरेको थियो। घटनापछि डोजर चालक फरार छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक अरुण कुशवाहले डोजर चालक र ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय