सुर्य चिन्ह हाम्रो भईसक्यो घोषणा हुन मात्र बाँकी: प्रचण्ड

प्रकाशित मिति :२०७७ फाल्गुन १७, सोमबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

Reading Time: < 1 minute

१७ फाल्गुण,काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफ्नो पक्षको भइसकेको बताएका छन्।

नेकपा प्रचण्ड–माधव निकट पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले सो कुरा ब्यक्त गरेका हुन् ।

‘पार्टी एकता गर्दा हुँदा दुवै पक्षको इतिहासलाई समेटेर जनताको जनवादको लक्ष्यका साथ समाजवादको बाटो तय गरेको थियौँ’, उनले भने, ‘हामीले समाजवादको बाटोमा जाने निर्णय गरिसकेपछि फर्केर फेरि त्यहीँ जान्छ भने त्यही नै प्रतिगमन हो।’

बहुमतको निर्णय नै पार्टीको निर्णय हुने सबैको सहमतिमा भएको उनले बताए। केपी ओली सहमति भइसकेपछि पनि बेइमानी प्रवृत्तिका कारण समस्या भइसकेको उनले बताए।

‘अहिले हामीले विधि र पद्धतिको लडाईं गरिरहेका छौँ’, उनले भने, ‘पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको कुरा सुन्नुभएन। उहाँले संसदको दुई तिहाईको बहुमतको निर्णयलाई समेत लत्याउनुभयो।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय