पहिलो लेगमा बायर्नको सहज जित

प्रकाशित मिति :२०७७ फाल्गुन १२, बुधबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

Reading Time: < 1 minute

एजेन्सी । साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा बायर्नले इटालियन क्लब लाजियोलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

लाजियोको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एक एक गोल गरे ।

बायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो । लाजियोका जोआक्विन कोरेयाले एक गोल फर्काउदा फ्रान्सिस्कोले आत्मघाती गोल गरे ।

खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दिया बायर्नलाई अग्रता दिलाएका थिए ।
च्याम्पियन्स लिगमा उनको यो ७२ औं गोल हो । उनि सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा समेत उक्लिएका छन् ।

२४ औं मिनेटमा १७ वर्षीय युवा खेलाडी जमलले गोल गर्दा बायर्नको अग्रता दोब्बर बन्यो ।

उनको यो पहिलो च्याम्पियन्स लिग गोल हो ।

खेलको ४२ औं मिनेटमा सानेले गोल गरेपछि पहिलो हाफमा बायर्न ३-० ले अघि रह्यो ।

खेलको ४७ औं मिनेटमा फ्रान्सिस्कोले आत्मघाती गोल गर्दा बायर्न ४-० ले अघि रह्यो ।
त्यसपछि खेलको ४९ औं मिनेटमा जोआक्विनले एक गोल फर्काएपनि बायर्न ४-१ ले विजयी भयो ।

जितसँगै बायर्नले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

लाजियोलाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।

बायर्न र लाजियोबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ । खेल बायर्नको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय