वामदेवले मागे प्रधानमन्त्रीबाट ओलीको राजीनामा

प्रकाशित मिति :२०७७ फाल्गुन १२, बुधबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

Reading Time: < 1 minute

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त राजीनामा दिनु पर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभाको विघटन गरेपछि कुनै समूहमा नलागेका गौतमले सर्वोच्चले संसद पुनर्स्थपाना गर्न आदेशको दिएको अर्को दिन बुधबार बिहान विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन्।

उनले सर्वोच्चको फैसला आएको फागुन ११को दिन ऐतिहासिक महत्वको भएको बताए।

‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ,’ गौतमले भनेका छन्,‘आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो।  यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु।’

उनले यस अवसरमा आफूले नेपाली नागरिकको हैसियतमा तीन माग राखेको उनले बताएका छन्।

यस्ता छन् वामदेवका माग:

१) सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।

२) प्रधानमन्त्री  केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरून्त राजीनामा दिनु पर्छ।

३) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुबै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय