AdvertImage

आजबाट मेलम्चीको सुरुङ पुनः परिक्षण गरिँदै

अखबार पाटी १० फाल्गुन २०७७, सोमबार १०:२८
               
AdvertImage                        
आजबाट मेलम्चीको सुरुङ पुनः परिक्षण गरिँदै
AdvertImage

१० फाल्गुन,मेलम्ची

मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज गरिँदै छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्नेछ । सुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार भने पानी छाडिने छैन ।

गत २९ असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो ।