


९ फाल्गुण, जनकपुर
प्रदेश २ को प्रमुखमा नियुक्त राजेश झा लाई १०१ किलोको मालाले स्वागत गरिएको छ ।
आफ्नो कार्यभार सम्हाल्न अस्थायी राजधानी जनकपुरधाम आएका झा लाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरेका हुन् ।
युवाहरुले प्रदेश प्रमुख जिन्दावाद, प्रधानमन्त्री जिन्दावाद नारा लगाएका छन् । सपथ लिने बेला दौरा, सुरुवाल र टोपी पहिरिएका झा जनकपुरधाम झरेपछि कुर्ता, पाइजामा र गम्छामा देखिए ।
उनलाई प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाह स्वागतका लागि विमानस्थल गएका थिए । उनले विशिष्ट कक्षमा झालाई स्वागत गरे ।