फागुन २७ बाट चौथो दुप्चेश्वर कप भलिवल हुने

प्रकाशित मिति :२०७७ माघ २९, बिहीबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

Reading Time: < 1 minute

माघ २९, नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा चौथो दुप्चेश्वर कप भलिवल हुने भएको छ । फागुन २७ गतेबाट सुरु हुने जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतिस्पर्धा फागुन २८ गतेसम्म जारी रहने दुप्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाको वडा नं.६ स्थित दुप्चेश्वर मा.वि. प्राङ्गणमा हुन गइरहेका भलिवल प्रतियोगिताको मुख्य आयोजक दुप्चेश्वर गाउँपालिका रहेको छ । उक्त कार्यक्रमको सहआयोजक दुप्चेश्वर युवा क्लब र रिमठिम साँस्कृतिक संस्था रहेको छ भने कार्यक्रमको मिडिया पार्टनर कोहीनुर मिडिया द्वारा सञ्चालित अखबारपाटी र दुप्चेश्वर न्युज रहेका छन् ।

कार्यक्रममा प्रथम, द्वितिय, तृतिय र सान्त्वना (चतुर्थ) हुने टिमलाई नगद पुरस्कार, ट्रफि र मेडलको समेत व्यवस्था गरिएको सहप्रायोजक दुप्चेश्वर युवा क्लबका सल्लाहकार श्रीकृष्ण पण्डितले जानकारी दिए । अघिल्ला वर्षहरुमा पनि दुप्चेश्वर कप भलिबल गाउँपालिकाकै अर्को सामाजिक संस्था सोसियल सर्भिस युथ क्लबको सहआयोजनामा दुप्चेश्वर गाउँपालिकाले सञ्चालन गर्दै आएको थियो ।

फागुन २७ बाट सुरु हुने उक्त भलिवल प्रतिस्पर्धामा जिल्लाभरका सबैजसो टिमहरुले भाग लिने अपेक्षा गरिएको छ । टिम दर्ताका लागि आयोजक संस्थाहरुले छिटैनै सूचना जारी गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय