AdvertImage

नुवाकोटको लिखुमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, एक गम्भीर घाइते

न्यूज ब्युरो २५ माघ २०७७, आईतवार १०:१७
               
AdvertImage                        
नुवाकोटको लिखुमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, एक गम्भीर घाइते
AdvertImage

नुवाकोट । लिखु गाउँपालिका वडा नम्बर ३ का कमानसिंङ तामाङको शनिवार राती बोलेरोको ठक्करबाट ज्यान गएको छ भने एक जना घाइते भएका छन् । स्थाई ठेगाना सुर्यगढी गाउँपालिका वडा नम्बर ५ घर भई हाल लिखु ३, पट्टावारी बसोवास गर्दै आएका तामाङलाई शनिवार राती ११ बजे नुवाकोटको छहरेबाट ढिकुरेतर्फ आइरहेको प्रदेश ३–०१–२२ च ३७१९ नम्बरको बोलेरोले विपरित दिशाबाट आइरहेको बा ३४ प ४६९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि घाईते भएका कमानसिंङ तामाङको नुवाकोटको त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी हरिवहादुर वलीले जानकारी दिए ।

दुर्घटनामा परि घाइते भएका लिखु गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षिय तामाङको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले मोटरसाईकललाई ठक्कर दिने बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।