


नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा वसको ठक्करबाट शसस्त्र प्रहरीको ज्यान गएको छ । विहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाण्डौतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको नमस्ते पासाङल्हामु यातायात समितिको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका १९ वर्षिय दिनेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बसले ठक्कर दिएर घाइते भएका तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटनापछि चालक र वसलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भर्खरै प्रकासित
Trending News
- दुप्चेश्वर मन्दिरको क्षेत्रगत विकासको अवस्था, त्रुटी र सम्भावनाहरु
- महिलाको मृत्यु भएपछि स्थानीयले गरे डोजरमा आगजनी
- कोरोना कहर थप ९ जना मा कोरोना पुस्टि,
- राष्ट्रिय परिचयपत्र विवरणको दर्ता भक्तपुरबाट शुरु
- बोराभित्र युवतीको शव फेला
- लैङ्गीक हिंसा बिरुद्धको अभियानमा दुप्चेश्वरको प्रतिवद्धता (कार्यक्रमको तस्बिर सहित)