


नुवाकोट। नुवाकोटको केउरीनीमा मोटरसाईकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ बडहरेका प्रज्वल न्यौपाने रहेका छन् । नुवाकोटको त्रिशुलीबाट काठमाडौं जाने क्रममा उनको दुर्घटनामा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बा ७५ प ७६११ नम्बरको मोटरसाइकलमा सवार न्यौपानेको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रकाश तामाङले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।