AdvertImage

टी-१० लिग : नेपाली खेलाडी आबद्द ३ टिमको खेल आज

न्यूज ब्युरो १६ माघ २०७७, शुक्रबार १३:०७
               
AdvertImage                        
टी-१० लिग : नेपाली खेलाडी आबद्द ३ टिमको खेल आज
AdvertImage

काठमाडौं । युएईमा जारी आबुधाबी टी-१० लिगमा आज तीन खेलहरु हुँदैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आबद्द पुने डेभिल्सले क्वालान्दर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पुने र क्वालान्दर्सबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।

पुनेले पहिलो खेलमा डेकन ग्ल्याडियटर्सलाई ७ विकेटले हराएको थियो । उक्त खेलबाट करणले डेब्यु गरेका थिए ।

यस्तै सोमपाल कामी आबद्द मरठा अरेबियन्सले दिल्ली बुल्ससँग खेल्नेछ ।

साविक विजेता समेत रहेको अरेबियन्सले पहिलो खेलमा नर्थन वारिवर्सलाई ५ विकेटले हराएको थियो ।

सोमपालले पहिलो खेलबाटै डेब्यु गरिसकेका छन् ।

यस्तै कुशल मल्ल आबद्द टिम आबुधाबीले डेकन ग्ल्याडियटर्ससँग खेल्नेछ ।

टिम आबुधाबीको यो पहिलो खेल हो ।

यस खेलबाट कुशलले डेब्यु गर्ने सम्भावना रहेको छ ।

पूर्व कप्तान पारस खड्का आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् ।