AdvertImage

पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए

अखबार पाटी १४ माघ २०७७, बुधबार १८:४३
               
AdvertImage                        
पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए
AdvertImage

१४ माघ,काठमाडौँ

मुलुकभर पहिलो दिन ९ हजार ८४ जना व्यक्तिले कोभिड विरुद्धको खोप लगाएका छन्। ६४ जिल्लाको ९३ खोप केन्द्रमा स्वास्थ्यकर्मी,सफाइकर्मी र एम्बुलेन्स चालकलगायत अन्य अग्रपंक्तिमा खटिएकालाई खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४, सबैभन्दा कम २ नम्बर प्रदेशमा ७ सय २६ ले लगाएका छन्। गण्डकीमा १८ सय ४३, प्रदेश १ मा १२ सय ५५,सुदूरपश्चिममा १ हजार ८२ र कर्णालीमा ७ सय ३३ व्यक्तिले लगाएका छन्।

खोप लगाएका कुनै पनि व्यक्तिलाई समस्या नदेखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्। खोप लगाउन स्वत स्फुर्त रुपमा सहभागी सबैप्रति आभार प्रकट गर्न चाहेको उनले बताए।