AdvertImage

साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग

समाचार डेस्क १३ माघ २०७७, मंगलवार १९:३२
               
AdvertImage                        
साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग
AdvertImage

माघ १४ गतेबाट नुवाकोटमा कोभिड विरुद्धको खोप सुरु

माघ १३, नुवाकोट ।
प्रतिनिधि सभा सदस्य मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । उक्त रकम जिल्ला समन्वय समिति मार्फत आज मंगलबार त्रिशुली अस्पतालको खातामा जम्मा गरिएको कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभा सदस्य आचार्यले नागरिकको सिघ्र स्वास्थ्य समस्या पहिचान र उपचारका लागि भन्दै आफ्नो संसद विकास बजेटबाट उक्त रकम अस्पताललाई सहयोग गरेका हुन् । सुरुमा पिसिआर परिक्षण तथा उपकरण खरिदका लागि दिने भनिएको उक्त रकम मेशीन खरिद भइसकेका कारण अस्पतालको अन्य पूर्वाधार विकासका लागि दिने निर्णय भएको हो ।

साँसद आचार्यको संयोजकत्वमा मंसिर २२ गते बसेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकबाट उक्त कार्यक्रमको रकम कोभिड १९ सम्बन्धी पूर्वाधार सञ्चालन तथा उपकरणका लागि दिने निर्णय भएको थियो । सोही अनुरुप रसुवाको कालिका गाउँपालिकाका लागि छुट्याइएको रु. ४० लाख र गोसाईंकुण्ड गाउँपालिकाको रु. ६ लाख गरी कुल रु. ४६ लाख त्रिशुली अस्पताललाई दिने निर्णय भएको थियो ।

माघ १४ गतेबाट नुवाकोटमा कोभिड विरुद्धको खोप सुरु

भोली माघ १४ गतेबाट जिल्लाको त्रिशुली अस्पतालमा कोरोना विरुद्धको खोप दिने कार्य सुरु हुने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङबाट नुवाकोट अस्पतालका मे.सु. दिपेन्द्र पाण्डेलाई उक्त खोप दिएर खोप अभियान सुरु गर्ने कार्र्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।