


नुवाकोट ।
नुवाकोटको पर्यटकीय स्थल म्यागङ गाउँ पालिका-४ किम्ताङमा प्रथम सहिद स्मृति कप पुरुष भलिबल २०७७ शुरु भएको छ।
श्री सहिद प्रतिमा स्मृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको खेल सोमबार गाउँ पालिका का अध्यक्ष आशा तामाङको प्रमुख आतिथ्यमा उद्घाटन भएको छ।
२० टिमको सहभागीता रहने खेलमा उद्घाटन खेलमा ४ टिमले सहभागिता रहेको थियो । आजको खेलमा आयोजकको विरुद्ध दुप्चेश्वर क्लब र सिङमर युवा क्लबको विरुद्ध नगुर युवा क्लबले खेल खेलेको थियो ।
आयोजक र नुगुर युवा क्लबले खेल जितेको छ।
उद्घाटन खेल खुशी साथ आयोजना भएको आयोजक सहकारीका अध्यक्ष सोम बहादुर लामाले जानकारी दिए। लामाका अनुसार खेलको फाइनल यहि माघ १६ गते सहिद दिवसको दिन हुने जनाएको छ। आजको कार्यक्रममा म्यागङ – ४ वडा अध्यक्ष कमल ब तामाङ ,६ का अध्यक्ष आतम सिङ तामाङ , स्थानीय पार्टी प्रतिनिधि लगायत खेलाडी तथा खेल प्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
भर्खरै प्रकासित
Trending News
- दुप्चेश्वर मन्दिरको क्षेत्रगत विकासको अवस्था, त्रुटी र सम्भावनाहरु
- महिलाको मृत्यु भएपछि स्थानीयले गरे डोजरमा आगजनी
- कोरोना कहर थप ९ जना मा कोरोना पुस्टि,
- बोराभित्र युवतीको शव फेला
- लैङ्गीक हिंसा बिरुद्धको अभियानमा दुप्चेश्वरको प्रतिवद्धता (कार्यक्रमको तस्बिर सहित)
- कक्षा १२ मा पढिरहेकी १७ वर्षीया भागरथी भट्ट अध्यनरत बिद्यालयमा एक सातायता सन्नाटा