AdvertImage

यसरी तोडे जो रुटले विराटसहित ३ स्टार क्रिकेटरको रेकर्ड, बनाए विश्वकीर्तिमान

न्यूज ब्युरो १२ माघ २०७७, सोमबार ०६:४७
               
AdvertImage                        
यसरी तोडे जो रुटले विराटसहित ३ स्टार क्रिकेटरको रेकर्ड, बनाए विश्वकीर्तिमान
AdvertImage

काठमाडौं, ११ माघ : इंग्ल्याण्ड टेष्ट क्रिकेट टिमका कप्तान जो रुटले नयाँ कीर्तिमान बनाएका छन् । उनले श्रीलंकामा सर्वाधिक टेष्ट शतक बनाउने कीर्तिमान बनाएका हुन् ।
कप्तानको रूपमा रुटले हालसम्म श्रीलंकामा सर्वाधिक तीन शतक बनाएका छन् । योसँगै अब उनले विराट कोहली, सचिन तेन्दुलकर र स्टिफन फ्लेमिङको कीर्तिमान तोडेका छन् ।


विराट, सचिन र फ्लेमिङले कप्तानको रूपमा श्रीलंकामा दुई/दुई शतक बनाएका छन् । उब उनीहरूलाई पछि पार्दै रूटले श्रीलंकामा सर्वाधिक टेष्ट शतक बनाउने कीर्तिमान हासिल गरेका छन् ।
श्रीलंकासँगको दुई टेष्ट सिरिजमा रूट उत्कृष्ट लयमा देखिएका छन् । उनले दुवै टेष्टका पहिलो इनिङ्समा शानदार कप्तानी पारी खेले छ ।
रूटले पहिलो टेष्टका पहिलो इनिङ्समा ३२१ बलमा १८ चौका र एक छक्कासहित २२८ रन बनाएका थिए ।
त्यस्तै, उनले दोस्रो टेष्टका पहिलो इनिङ्समा ३०९ बलमा १८ चौकाको मद्दतमा १८६ रन बनाएका छन् ।