


११ माघ,मेलम्ची
कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक जाँदै गरेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बीचबाटोमै अवरोध गरिएको छ।
इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको हो।
बाटोमा अवरोध भएपछि मन्त्री तामाङ ४ घण्टादेखि मेलम्ची बजारमै रोकिएका थिए । मन्त्री तामाङ इन्द्रावती गाउँपालिका ५ स्थित ऐँसेलुखर्क कार्यकर्ता भेलामा सहभागी हुन हिँडेका थिए ।
अवरोध हटाई ढिला गरि मन्त्री ऐँसेलुखर्क कार्यकर्ता भेलामा सहभागी हुन पुगे ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजन भइसकेपछि मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पुगेका छन्। उनी गृहमन्त्री रामबहादुर थापा बादल निकटका हुन्।
सिन्धुपाल्चोकमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पकड छ।