AdvertImage

प्रधानमन्त्री ओली नरसंहारकारी हो : नेता नेपाल

समाचार डेस्क ९ माघ २०७७, शुक्रबार २०:२७
               
AdvertImage                        
प्रधानमन्त्री ओली नरसंहारकारी हो : नेता नेपाल
AdvertImage

प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा दाहाल–नेपाल समूहको प्रदर्शन

माघ ९, अखबारपाटी ।
नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले आज काठमाडौँमा प्रतिनिधि सभा विघटनविरुद्धको प्रदर्शन गरेको छ । प्रदर्शन पछिको सभामा बोल्ने क्रममा नेताहरुले प्रधानमन्त्री तथा अर्को समूहका अध्यक्ष केपी शर्मा ओलीको खुब आलोचनामा गरे ।

सभालाई सम्बोधन गर्दैदहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ओलीको प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर, कार्यान्वयन नगर्ने प्रवृत्ति रहेको बताए। तर, अब भने केपी प्रवृत्तिप्रति उदार भएर संघर्ष गर्ने र उनको प्रवृत्तिलाई छुट दिने भुल नगर्ने उनको भनाई थियो ।

दहाल पछि अर्का अध्यक्ष माधवकुमार नेपालले पनि नेता ओलीको कडा आलोचना गरे। ओली विधि, पद्धतीलाई नमान्ने, अहंकारी नेता भएको उनको तर्क थियो । अझै कम्युनिष्ट आन्दोलनमा नछिर्नु पर्ने मान्छे छिरेर जहिल्यै आफूहरुलाई दुःख दिएको उनले आरोप लगाए। तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा ओली निर्वाचित भएपछि पार्टी लथालिंग हुँदै गएको नेता नेपालको भनाई थियो ।

आम मानिसलाई उचाल्ने गफ र टुक्काका भरमा देश चलाई रहेका ओली ओली नरसंहारकारी हो। त्यसैले उहाँलाई साइबर सेना, अरिंगालको गोलो मन पर्छ।”, नेता नेपालले भने । खास गरेर प्रधानमन्त्री ओलीको अराजक कार्यशैली र पद लोलुपताका कारण त्यसको असर पुरै राष्ट्रले भोग्नु परेको नेताहरुको भनाई थियो ।