AdvertImage

राष्ट्रिय सभा अध्यक्षबाट विश्वकै लामो झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)

समाचार डेस्क ३ माघ २०७७, शनिबार २१:५२
               
AdvertImage                        
राष्ट्रिय सभा अध्यक्षबाट विश्वकै लामो झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)
AdvertImage

माघ ३, अखबार पाटी ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमका बीच विश्वकै लामो ५६७ मि झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।
बागलुङ नगरपालिका वडा नं १ र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं १ पाङको अदुवाबारी जोड्ने उक्त झोलुंगे पुल विश्वकै लामो झोलुंगे पुल हो ।

स्थानीय पूर्वाधार विभागअन्तर्गत सस्पेन्सन बृज डिभिजनमार्फत निर्माण गरिएको उक्त पुलको निर्माणको जिम्मा (बीएलटी)हिमशिखर जेभी निर्माण कम्पनीले छ करोड ९१ लाख रुपैयाँमा लिएको थियो । पुल नेपाली इञ्जिनीयरले नै डिजाइन गरेका थिए । कालिगण्डकी नदीमाथि बनेको झण्डै १३० मिटर अग्लो झोलुङ्गे पुलमा २८ वटा लठ्ठा तानिएको छ । जसमा कुल ९४५ स्टिलडेक बिछ्याइएको छ ।

तस्बिर स्रोतः अशोक पौडेल