AdvertImage

पीएम कप : एपीएफ र प्रदेश-१ भिड्दै

न्यूज ब्युरो ३ माघ २०७७, शनिबार ०७:५९
               
AdvertImage                        
पीएम कप : एपीएफ र प्रदेश-१ भिड्दै
AdvertImage

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (शनिबार) एक खेल हुँदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज विभागीय टिम एपीएफ र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेका दुई टिमबीचको खेल साढे ९ बजे सुरु हुनेछ ।

वसन्त रेग्मीको कप्तानीमा मैदान उत्रने एपीएफ सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफको टिम निकै मजबुत रहेको छ ।

यता, प्रदेश-१ पनि सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सिद्दान्त लोहनीको कप्तानीमा रहेको प्रदेश- १ लाई पनि निकै बलियो टिमको रुपमा हेरिएको छ । दाङमा भएको महिलाको पीएम कप प्रदेश-१ ले जितेको थियो ।

यसै समूहको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरिसकेको छ । शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो ।

पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ ।

समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।