


१ माघ,नुवाकोट
सदाको वर्ष झैँ यो वर्ष पनि पञ्चकन्या मा गोरु झुदाई कार्यक्रम सम्पन्न भएको छ ।
परापुर्व काल देखि हुदै आएको साँस्कृतिक पर्यटन प्रबर्दनसील ऐतिहासिक साँढे झुधाई कार्यक्रम नब प्रतिभा युवा समाजको आयोजनामा कार्यक्रम संचालन गरिएको छ ।
कोरोना त्रासदीका कारण यो वर्ष अरु वर्ष जस्तै कुनै औपचारिक कार्यक्रम नगरिएपनि साढे जुधाई कार्यक्रम मात्र संचालन गरिएको आयोजक केशव बिस्टले अखवार पाटि संग बताए ।
यो वर्ष जम्मा ५ हल मात्र गोरु जुधेको छ प्रथम स्थान हासिल गर्न सफल गोरु मालिक सुमन थापालाई रु.१५००० नगद सहित सम्मान गरिएको छ ।
तेसैगरी दोस्रो,तेस्रो ,चौथो र पाचौ स्थान हासिल गर्ने गोरु मालिक लाई क्रमसः १००००,५०००,२०००,१५०० नगद सहित सम्मान गरिएको छ भने, सहभागी सम्पूर्ण गोरु मालिक लाई नगद रु.१००० को दरले प्रोत्साहन सहित सम्मान गरिएको छ ।