AdvertImage

अब कक्षा १२ मा ६ ओटा बिषय पढाई हुने,सर्बोच्चमा परेको रिट खारेज

अखबार पाटी २८ पुष २०७७, मंगलवार १८:२१
               
AdvertImage                        
अब कक्षा १२ मा ६ ओटा बिषय पढाई हुने,सर्बोच्चमा परेको रिट खारेज
AdvertImage

२८ पुस,काठमाडौँ

सर्बोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमविरुद्ध परेको रिट खारेज गरेको छ।

न्यायाधीश तेजबहादुर केसी र प्रकाशबहादुर ढुंगानाको इजलासले मंगलबार रिट खारेज गरेको अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने भएको छ।

कक्षा ११ र १२ मा हालसम्म ५ वटा विषय मात्रै पढाइ हुँदै आएकोमा  अब ६ विषय पढाइ हुने भएका छन्।

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायत सातजनाले पाठ्यक्रम विकास केन्द्र भक्तपुरलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।