


२७ पुस,नुवाकोट
आजभन्दा लगभग ३०० बर्षअघि २२से अनि २४से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ ।
यि राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।
“घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्”
“नेपाल दुई ढुङ्गाबिचको तरुल हो”
यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।
राष्ट्रिय एकता दिबसको अबसर पारी नुवाकोटका विभिन्न स्थानमा कार्यक्रम संचालन भएको छ । उक्त अबसर पारी नुवाकोटको देबिघाटमा बृहत् कार्यक्रम संचालन भयो । देबिघाटको सहिद जगत प्रकाश जङ शाह सस्कृत बिद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित , नेपाली काङ्ग्रेसकि नेत्री बिन्दा अर्याल , अन्य विभिन्न दलका प्रतिनिधीको सहभागी थिए । बिदुर नगरपालिकाले राष्ट्रिय एकता दिबसको अबसर पारी आज एक दिन नगरपालिकाका सरकारी बिदा दिएको थियो ।
त्यस्तै नुवाकोटको बिदुरस्थित लोकतान्त्रिक चौतारामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा कार्यक्रम संचालन भएको छ ।
भर्खरै प्रकासित
- कोभिड विरुद्धको खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा असर देखियो
- कोरोना खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाए
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान
- पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए
- सुनको भाउ यति धेरै घट्यो
Trending News
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- शैक्षिक सत्र जेठसम्म लम्ब्याउने मन्त्रालयको तयारी
- जुम्लाको गोठी गाउँमा आगलागी, ३० घर जलेर खरानी
- नुवाकोटका मिलन लामा सहित १८ जनाको सव शनिवार नेपाल आईपुग्यो