AdvertImage

प्रथम लर्केप नकआउट फुटबल प्रतियोगिताको उपाधि गौरिबेशी युवा क्लब बिदुरलाई

न्यूज ब्युरो २६ पुष २०७७, आईतवार ०७:१६
               
AdvertImage                        
प्रथम लर्केप  नकआउट फुटबल प्रतियोगिताको उपाधि गौरिबेशी युवा क्लब बिदुरलाई
AdvertImage

नुवाकोट , लर्केप युनाइटेड युवा क्लब तारकेश्वर १ लर्केपद्वारा आयोजना गरिएको प्रथम लर्केप नकआउट फुटबल प्रतियोगिताको उपाधि गौरिबेशी युवा क्लब बिदुर १२ ले हात पारेको छ |                      तारकेश्वर १ लर्केप स्थित नागीपङ खेल मैदानमा भएको फाइनल खेलमा म्हेन्दोफोले युबा क्लब निलकण्ठ- १ धादिङलाई ३_१ गोल अन्तरले पराजित गर्दै  गौरिबेशि युबा क्लबले उपाधी कब्जा गरेको हो । जित संगै गैरिबेशी युबा क्लबले  रु. ५०,०००/-नगदका साथै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ  र उपबिजेता म्हेन्दोफोले युबा क्लबले रु. २५,०००/-का साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।               प्रतियोगिताको उत्कृष्ट खेलाडी म्हेन्दोफोले युबा क्लबका एञ्जल तामाङ ,उत्कृष्ट गोलरक्षक गौरीबेशीका मनिष प्याकुरेल भए भने प्रतियोगिता भरिमा सर्वाधिक ६ गोल गर्न सफल गौरीबेशीकै आकाश राना मगर सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए। प्रतियोगितामा नुवाकोट र धादिङका विभिन्न स्थानीय तहका १५ अोटा क्लब र अन्य ५ समूह गरि  २० अोटा टिमको सहभागीता रहेको थियो।