AdvertImage

प्रधानमन्त्रीको कदम विरुद्ध नुवाकोटको खरानिटारमा विरोध सभा (फोटो फिचर सहित)

अखबार पाटी २५ पुष २०७७, शनिबार २०:३२
               
AdvertImage                        
प्रधानमन्त्रीको कदम विरुद्ध नुवाकोटको खरानिटारमा विरोध सभा (फोटो फिचर सहित)
AdvertImage

पुस २५ ,नुवाकोट ।

नुवाकोटको क्षेत्र नं( १ ९क० खरानिटारमा प्रधानमन्त्रीको कदम बिरुद्धको बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसको आयोजनामा सम्पन्न उक्त विरोध जुलुसले बजार परिक्रमा पश्चात कोण सभा गरेको थियो ।

विरोध जुलुसमा नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामसरण महत, अर्जुन नरसिंह केसी, जगदिश्वर नरसिंह केसी, रमेश कुमार महत, लगायत नेताहरुको उपस्थिति रहेको थियो । विरोध सभामा स्थानिय स्तरका कांग्रेसका नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरि असंवैधानिक कदम चालेको भन्दै त्यसको विरोधमा नेपाली कांग्रेसले सडक संघर्ष थालेको छ । प्रधानमन्त्री ओलीको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरु संवैधानिक ईजलासमा सुनुवाई प्रक्रिया सुरु भइसकेको छ ।

कांग्रेसले लोकतन्त्रको संरक्षण र दुई तिहाई बहुमत नजिकको नेकपाले लोकतन्त्रिक प्रणालीलाई नै संकटतर्फ धकेल्न थालेकोले चरणबद्ध आन्दोलनमा उत्रनु परेको नेताहरुको ठम्याई छ ।
कांग्रेसले आफ्ना भातृ तथा स्वेच्छुक संघसंस्था र अन्य पार्टी तथा नागरिक समाजलाई आन्दोलनमा उत्रन समेत आव्हान गरिसकेको जनाएको छ । सोही अनुसार नै नेपाली कांग्रेसले पुस २५ गते देशका सबै निर्वाचन क्षेत्रमा बिरोध सभा गर्ने निर्णय गरेको हो।

फोटो: नेपाली कांग्रेस तादी गाउँपालिकाको फेसबुक वालबाट