AdvertImage

महादेव मा.वि.मा नमुना निर्वाचन सम्पन्न (फोटोफिचर सहित )

समाचार डेस्क २४ पुष २०७७, शुक्रबार २०:२२
               
AdvertImage                        
महादेव मा.वि.मा नमुना निर्वाचन सम्पन्न (फोटोफिचर सहित )
AdvertImage

पुस २४, अखबारपाटी । नुवाकोटको दुप्चेश्वर गाउँपालिका स्थित महादेव माद्यमिक विद्यालयले आयोजना गरेको नमुना निर्वाचन सम्पन्न भएको छ ।
विद्यालयले सामाजिक अध्ययन विषय अन्तरगत विद्यार्थीलाई निर्वाचन प्रकृया बुझाउन आयोजना गरेको नमुना निर्वाचन साँच्चैको निर्वाचनको अनुभूति दिलाउने खालको थियो । निर्वाचनमा चारओटा दलले सहभागिता जनाएको थियो ।

निर्वाचनको पर्यवेक्षणका लागि दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्य, शिक्षा शाखा प्रमुख मेघनाथ रिमालका साथै, प्राविधिकहरु विष्णु तामाङ, आर्यन चौधरीले सहभागिता जनाएका थिए । त्यसैगरी वडा अध्यक्ष सन्च तामाङ र सोही वडाका स्वास्थ्य चौकी इन्चार्ज ज्ञानेन्द्र रोएले समेत सहभागिता जनाएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न उक्त निर्वाचन कार्यक्रममा कक्षा ६ देखी १० सम्मका विद्यार्थीले भाग लिएका थिए ।

मत परिणाम घोषणा कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्यले निर्वाचनमा भाग लिने दायित्व पुरा गराउन महादेव मा.वि.ले संचालन गरेको नमुना निर्वाचन कार्यक्रम स्वागतयोग्य भएको बताइन् । यसका साथै विद्यार्थीमा उद्यमशिलताको विकास हुने किसिमका कार्यक्रमहरु संचालन गर्न उमेत उनले सुझाइन् ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेघनाथ रिमालले दृढ इच्छाशक्ति भयो भने थोरै लगानीमा पनि यस्ता अभ्यासात्मक कृयाकलाप सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेर महादेव मा.वि.ले नमुना कार्य गरेको बताए ।

नमुना निर्वाचनको अध्यक्षमा कक्षा १० का छात्र प्रविन तामाङ विजयी भएका छन् । त्यसैगरी उपाध्यक्षमा रमना श्रेष्ठ, सचिव शेषमान लामा, महिला सदस्य सुस्मा तामाङ, गैर जनजाती सदस्य दिक्षा वि.क. र खुला सदस्यहरु क्रमशः सुगम तामाङ र अजित तामाङ विजय भएका छन् । निर्वाचनमा कुनै पनि दलको पुरै प्यानल विजयी हुन सकेन बरु चारओटै दलबाट करीब करीब समानुपातिक प्रतिनिधित्व भएको छ ।