AdvertImage

नुवाकोट आदर्श बहुमुखी क्याम्पसका प्रमुख पाण्डेको कार्यकक्षमा विद्यार्थीहरुले लगाए ताला

न्यूज ब्युरो २४ पुष २०७७, शुक्रबार १५:५५
               
AdvertImage                        
नुवाकोट आदर्श बहुमुखी क्याम्पसका प्रमुख पाण्डेको कार्यकक्षमा विद्यार्थीहरुले लगाए ताला
AdvertImage

नुवाकोट । नुवाकोट आर्दश बहुमुहखी क्याम्पसमा विद्यार्थीहरुले ताला लगाएका छन् ।

विद्यार्थीहरुले लकडाउनको समयको शुल्क मिनाहा गर्नु पर्ने माग राख्दै शुक्रबार क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेको कार्यकक्षमा ताला लगाएका छन् ।

विद्यार्थीहरुले कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु मारमा परेकोले लकडाउनको समयको मासिक शुल्क मिनाह गर्न बारम्बार क्याम्पस प्रमुख पाण्डेसँग आग्रह गर्दा पनि माग सम्बोधन नभएकोले ताला लगाइएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले लकडाउनको करिव ६ महिनाको अवधीको शुल्क मिनाहा नगरेसम्म ताला नखोल्ने चेतावनी दिएका छन् ।