


नुवाकोट । मोटरसाईकल र्दुघटनामा परि घाईते भएका नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का २१ वर्षिय जितु मिजारले आफुलाइ निकै समस्या परेको कारण सहयोग गर्न अपिल गरेका छन् ।
उनी २०७६ माघ २८ गते मोटरसाईकल दुर्घटनामा परेका थिए । त्यही समयदेखि काठमाण्डौको ट्रमा सेन्टरमा उपचाररत हाल भने उनी वीर अस्पतालमा उपचार गराइरहेका उनको पेटको अप्रेसन ९ पटक तथा १ पटक हातको शल्यक्रिया भएको र पुनः शल्यक्रिया गर्न वाँकि रहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । हालसम्म २५ लाख भन्दा बढी खर्च भइसकेकोले आर्थिक अभाव भएको र उपचार गर्न नसकेकोले उनले सबैसँग सहयोग मागेका हुन् । उपचार गर्नको लागि आर्थिक अभाव भई परिवारवाट कहिकतैबाट पनि ब्यवस्थापन गर्न नसकिने अवस्था भएकोले जीवन रक्षाको लागि सहयोग गरिदिन उनले सबैमा अनुरोध गरेका छन् ।
उनलाई सहयोग गर्न चाहानेले ग्लोबल आइएमई बैंकमा रहेको भक्ति मिजारको खाता नम्बर ०२०७०१००१९२३९मा पैसा जम्मा गर्न सकिने उनका आफन्तले जनाएका छन् ।
यसैविच जितु मिजारको सहयोगको लागि सामाजिक संजाल फेसबुकमा आर्थिक सहयोग अभियान शुरु भएको छ । उनको सहयोगका लागि सामाजिक संजाल फेसबुकमा सामाजिक अभियान्ता मछिन्द्र नरसिंह प्याकुरेल तथा पन्कज रोक्काले जितु मिजार सहयोग गर्न अपिल गरेका छन् । ६ दिनमा रु ५ लाख ८२ हजार ४५८ रकम संकलन भएको जानकारी पन्कज रोक्काले अखबार पाटीलाई दिए ।
उनले जितु मिजारका लागि अझ रकम नपुग रहेकाले १२ दिने अभियानमा सबैले यस्तो सामाजिक कार्यमा सबैलाइ दिल खोलेर सहयोग गर्न अपिल गरेका छन ।
भर्खरै प्रकासित
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान
- पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए
- सुनको भाउ यति धेरै घट्यो
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दायर
Trending News
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- शैक्षिक सत्र जेठसम्म लम्ब्याउने मन्त्रालयको तयारी
- जुम्लाको गोठी गाउँमा आगलागी, ३० घर जलेर खरानी
- नुवाकोटका मिलन लामा सहित १८ जनाको सव शनिवार नेपाल आईपुग्यो