


प्रधानमन्त्री ओलिद्वारा गरिएको संसद विघटनको घटना असंवैधानिक कदम भएको भन्दै नुवाकोट कांग्रेस क्षेत्र नंवर १ ‘ख’ ले लिखु गाउँपालिकाको थानसिङमा पुष २५ गते बिरोध सभाको तयारी थालेको छ।
नेकपा अध्यक्ष समेत रहेका केपी ओलिले पुस ५ गते जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेको बिरोधमा नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले पुष २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार बिरोधसभाको आयोजनाको तयारी थालिएको हो ।
कांग्रेस क्षेत्र नंवर १ ‘ख’ ले व्यापक नेताकार्यकर्ता सडकमा उतार्दै प्रधानमन्त्री ओलिको अधिनायकवादी चरित्रको कडा बिरोध गरिने नेपाली कांग्रेस नुवाकोट क्षेत्र नंवर १ ‘ख’ का सभापती अर्जुन न्यौपानेले वताउनुभयो ।
संबिधान बिपरित जननिर्वाचित प्रतिनिधिसभा विघटन गरि प्रधानमन्त्री ओलिले निरंकुश र अधिनायकवादी चरित्र प्रदर्शन गरेको कदमका बिरुद्ध नेपाली कांग्रेसले देशभर एकसाथ प्रदर्शन गरिने बिरोधसभामा सबै लोकतन्त्रवादी नेता कार्यकर्तालाई सहभागिताका लागि लिखु गाउँपालिका नेकाका कार्यबाहक सभापती बिनोद पाठकले आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलिको गैरसंबैधानिक संसद विघटनको कदमका बिरुद्ध नेपाली कांग्रेस क्षेत्र नम्बर १ ‘ख’ नुवाकोटले पुस २५ गते सयौँ नेताकार्यकर्ता सडकमा उतार्ने तयारी गरेको काङ्ग्रेस नेता माधवप्रसाद खनालले वताउनुभयो ।
नेता खनालले पुष २५ गते दिनको ११ बजे लिखु गाउँपालिकाको वडा नंवर ६ साबिक थानसिङ गाबिसको बच्छला निमाविमा हुने कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण नेता कार्यकर्तामा अपिल गर्नुभएको छ ।
भर्खरै प्रकासित
- दुप्चेश्वरमा सामुदायिक घुम्ती कानुनी क्लिनिक सञ्चालन
- कोभिड विरुद्धको खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा असर देखियो
- कोरोना खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाए
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान
- पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए
Trending News
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- कोभिड विरुद्धको खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा असर देखियो
- साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग
- शैक्षिक सत्र जेठसम्म लम्ब्याउने मन्त्रालयको तयारी
- कोरोना खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाए