


जनवरी ५ मंगलबार ।
आजको दिनसँगै ५० ओभरको क्रिकेटले ५० वर्ष पूरा गरेको छ ।
आजको ठीक ५० वर्ष अगाडि पहिलो वान–डे क्रिकेट खेलिएको थियो, अष्ट्रेलिया र इंग्ल्यान्डबीच । तर यसको जन्म एउटा संयोगका कारण भएको थियो, तर यो क्रिकेट खेललाई लोकप्रिय बनाउने सबैभन्दा ठूलो निहुँ पनि भयो ।
मेलबर्न क्रिकेट मैदानमा भएको पहिलो वान डे अष्ट्रेलियाले जितेको थियो, पाँच विकेटले । भएको के थियो भन्दा पारम्परिक प्रतिद्वन्द्वी अष्ट्रेलिया र इंग्ल्यान्डबीच सन् १९७०–१९७१ को एसेज सिरिजको तेस्रो टेस्ट वर्षाका कारण हुन नै नसक्ने स्थितिमा पुग्यो । टेस्टको पहिलो दिन डिसेम्बर ३१ मा थियो, तर सुरुका चार दिन वर्षाले खेल नै हुन सकेन् ।
दर्शकलाई खुसी तुल्याउन अष्ट्रेलियाली क्रिकेट बोर्डले ४० ओभरको एक खेलको कार्यक्रम बनायो र यहींबाट क्रिकेटको नयाँ इतिहास सुरु भयो । दर्शक पनि उत्तिकै थिए, ४४ हजार । खेलको अन्त्यमा सबैले अनुभव गरे, यो खेल त साह्रै सफल पो सावित भयो, यस्तोमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसलाई ‘वान–डे क्रिकेट’ को नाम नै दियो ।
फेरि त्यही खेलमा फर्कने हो भने अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ रोज्यो र पाहुना टिम यसक्रममा १ सय ९० रन बनाएर अलआउट भयो । जवाफमा अष्ट्रेलियाले सजिलै विजयी लक्ष्य पछ्याएको थियो, पाँच विकेट गुमाएर । त्यसो भनेको पाँच विकेटको जित । यो त्यही समय थियो, जति बेला पारम्परिक क्रिकेटमा दर्शक घट्दो थियो ।
आम दर्शकसँग चार पाँच दिन चल्ने क्रिकेट समय हुन छाडेको थियो, यस्तोमा यो वान–डे क्रिकेट यो खेललाई जीवन्त राख्न निर्णायक बन्यो । सुरु सुरुमा वान–डे क्रिकेटको आलोचना गर्ने पनि उत्तिकै थिए । यसलाई उनीहरू सक्कली क्रिकेट मान्न नै अस्विकार गर्थे, बरू भन्थे यो त क्रिकेटमा छिरेको नाटक मात्र हो ।
तर समयसँगै यसको लोकप्रियता बढ्दै गयो । अब त विश्व क्रिकेटको सबैभन्दा ठूलो उपाधि नै वान–डे क्रिकेटको विश्वकप रहेको छ । अचेल अन्तर्राष्ट्रिय क्रिकेट तीन प्रकारले खेलिन्छ, टेस्ट, वान–डे र ट्वान्टी ट्वान्टी । ट्वान्टी ट्वान्टी क्रिकेटको जन्मसँगै वान–डे क्रिकेट हराउन डर थियो, तर यस्तो भएन् । यो अझै उत्तिकै लोकप्रिय छ, रोमाञ्चक छ ।
वान–डे क्रिकेटलाई जन्मदिनको शुभकामना ।
भर्खरै प्रकासित
- दुप्चेश्वरमा सामुदायिक घुम्ती कानुनी क्लिनिक सञ्चालन
- कोभिड विरुद्धको खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा असर देखियो
- कोरोना खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाए
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान
- पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए
Trending News
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- कोभिड विरुद्धको खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा असर देखियो
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग
- शैक्षिक सत्र जेठसम्म लम्ब्याउने मन्त्रालयको तयारी
- कोरोना खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाए