


२१ पुस, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को फुटको प्रभाव ६ वटा प्रदेशका सरकारमा देखापरे पनि प्रदेश २ सरकारमा त्यसको कुनै प्रभाव छैन् । कारण, यहाँ जनता समाजवादी पार्टीको सरकार छ भने नेकपा प्रतिपक्षीमा ।
मंगलबार भने प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा नेकपा फुटको असर देखापर्यो । एक पक्ष कार्यकर्ता भेला गरिरहेका थिए भने अर्काे पक्ष संसदीय दलको नेता हटाउन बैठक । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु जनकपुरधामस्थित पार्टी कार्यालयमा कार्यकर्ता भेला गरिरहँदा प्रचण्ड-माधव पक्षका सांसदहरु प्रदेशसभाभित्र रहेको संसदीय दलको कार्यालयमा बैठक बसे ।
कार्यकर्ता भेलामा ओली पक्षीय नेताहरुले प्रचण्ड-माधव समूहलाई विभिन्न आरोप लगाइरहँदा प्रचण्ड-माधव समूहले ओली पक्षका संसदीय दलका नेता सत्यनारायण मण्डललाई नै हटाए । र, शत्रुघन महतोलाई दलको नेता चुने । यता ओली समूहले कार्यकर्ता भेला गरेको पार्टी कार्यालयमा १६ पुसमा प्रचण्ड-माधव समूहले कार्यकर्ता भेला गरेका थिए ।
कार्यकर्ता भेला गर्दै प्रचण्ड-माधव समूहले यो पार्टी कार्यालय आफूहरुकै भएको बताएका थिए ।
ओली पक्षले यहीँ कार्यालयमा कार्यकर्ता भेला गर्ने बताएपछि प्रचण्ड-माधव समूहले यहाँ हुन नदिने बताएका थिए । तर, मंगलबार उक्त समूह पछि हटेका छन् ।
भर्खरै प्रकासित
- कोभिड विरुद्धको खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा असर देखियो
- कोरोना खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाए
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान
- पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए
- सुनको भाउ यति धेरै घट्यो
Trending News
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- शैक्षिक सत्र जेठसम्म लम्ब्याउने मन्त्रालयको तयारी
- जुम्लाको गोठी गाउँमा आगलागी, ३० घर जलेर खरानी
- नुवाकोटका मिलन लामा सहित १८ जनाको सव शनिवार नेपाल आईपुग्यो