AdvertImage

स्वरोजगार कोषको करोडौँ रकम झ्वाम, लक्षित वर्गसम्म रकम पुग्नै सकेन

समाचार डेस्क २१ पुष २०७७, मंगलवार २१:०२
               
AdvertImage                        
स्वरोजगार कोषको करोडौँ रकम झ्वाम, लक्षित वर्गसम्म रकम पुग्नै सकेन
AdvertImage

पुस २१ , काठमाडौं ।

युवालाई स्वरोजगार बनाउने उद्देश्यले स्थापित युवा तथा स्वरोजगार कोषको करोडौं रुपैयाँ अपचलन भएको खुलासा भएको छ । कोषको कानुन तथा कर्जा असुली शाखा प्रमुख लोकबहादुर खड्काले सोमबार काम चलाउ सरकारका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई गरेको बिफ्रिङ अनुसार कोषको रकम अपचलन भएको खुल्न आएको हो ।

२०६८ सालमा तत्कालीन अर्थमन्त्रीको अध्यक्षतामा स्थापित कोषको रकम अपचलन गर्नेमा तत्कालिन नेकपा एमाले र माओवादीका केही नेताहरु अगाडी छन् । उनीहरुले अपचलन गरेको रकम फर्काउन कोषलाई कठिन भइरहेको ब्रिफिङका क्रममा बताइएको छ ।

खड्काका अनुसार निकै लामो कसरत पछि एक नेताले ८ करोड रुपैयाँ चुक्ता गरेका छन् भने अर्का एक मजदुर नेताले ४ करोड रुपैयाँको सावाँ र व्याज केही बुझाएका छैनन् । कोषले भाका नाघेको रु।१७ करोड ८ लाख ६० हजार ४९९ यस्तो कर्जा उठाउन सकेको छैन ।

ब्रिफिङमा बताइएअनुसार कोषले लक्षित समुदायसम्म रकम पुर्याउनै सकेको छैन । संरचनागत कठिनाइका कारण बेरोजगार युवासम्म कोषको रकम पुुग्न नसकेको कोषको ठम्याइ छ । कोषले विभिन्न बैंक तथा वित्तिय संस्था मार्फत युवाहरु सम्म पुग्ने योजना बनाएको थियो । जसअनुसार कोषले बैंक तथा वित्तीय संस्थाहरु ९सहकारी समेत०लाई ४ प्रतिशत व्याजमा ऋण दिन्छ । त्यो ऋण लगेर उनीहरुले ८ प्रतिशतमा लगानी गर्न पाउँछन् । युवा स्वरोजगार कार्यक्रममा कोषले हालसम्म रु।९ अर्ब ५४ करोड ९६ लाख लगानी गरेको छ ।

नियमित कर्जाको साँवा–व्याज भुक्तानी गर्ने व्यक्तिगत ऋणीलाई कोषले ८ प्रतिशतलाई सय मानेर त्यसको ६० प्रतिशत व्याज अनुदान दिन्छ । अर्थात्, अन्तिममा व्याजदर ४।८ प्रतिशत मात्र हुन आउछ । यो ४।८ प्रतिशत व्याजदरलाई कोषले ठूलो चुनौतीको रुपमा लिएको छ । किनकी, बैंकबाट अन्य शिर्षकमा ९–१० प्रतिशतमा ऋण लिन्छु भन्दा पनि पाउन कठिन छ । फेरी कोषको ऋण लिन धितो राख्नु पर्दैन । बिना धितो लगानी गर्नुपरेकाले असुलीमा समस्या आएको कोषको तर्क छ । भौगोलिक विकटता र समान उद्देश्यका निकायहरुबीच समन्वय हुन नसक्नुलाई पनि कोषले चुनौतीका रुपमा लिएको छ ।

मजदुरलाई मालिक बनाउने उद्देश्य राखिए पनि प्रभावकारी कार्यान्वयनका अभावको कारण कोषले लक्ष्य प्राप्ति गर्न सकेको छैन । हालसम्म कोषले ७३ हजार ६३८ जनालाई स्वरोजगार बनाएको बताएको छ । यति धेरै मानिसलाई रोजगार बनाएको बताउने कोष आफैँले लक्षित वर्गसम्म अझै पुग्न नसकेको बताउँदा अन्यौलता थपिएको छ ।

अहिलेसम्मको साढे ९ अर्व रुपैयाँ भन्दा बढी लगानी कहाँ भयो ? यो अहम् प्रश्न हो । कोषको तथ्यांक अनुसार स्वरोजगार दावी गरिएको ७३ हजार भित्र प्रमुख दलका नेताहरु समेत छन् । बेरोजगार युवाको नाममा आएको उक्त रकमको ठूलो हिस्सा नेता तथा कार्यकर्ताको हातमा पुगेको बताइन्छ ।

कोषका अनुसार, कर्जा नतिर्नेमा १५ वटा सहकारी संस्थाका सयौं पदाधिकारी र सदस्यहरु पनि छन् । उनीहरुको घरजग्गा कोषको नाममा रोक्का राखिएको छ । यस्ता १८५ जना रिणीले कर्जा चुक्त गरेर घरजग्गा रोक्का फुकुवा गरेका छन् भने ७३ वटा सहकारी संस्थाका १०८६ सञ्चालकलाई कर्जा चुक्ता गर्न अन्तिम ताकेता पत्र पठाएको बताइएको छ ।

बेरोजगार युवालाई स्वरोजगार बनाउने मूख्य उद्देश्यका साथ स्थापित कोषले सुरुमै चुकेर प्रभावको आधारमा रकम वितरण गर्दा कोष अहिलेको समस्यामा परेको हो । तर, मन्त्री तामाङ भन्छन्,’नयाँ भएका कारण धेरै जानकारी त छैन यद्यपि युवाहरुलाई उद्यमी बनाउन कोषमा के गर्नुपर्छ म गर्छु’।