AdvertImage

सामरी जालपा देवि मन्दिरको जात्रा समापन र बुद्दीबहादुर शाक्यलाई गरियो सम्मान

न्यूज ब्युरो १५ पुष २०७७, बुधबार १८:३०
               
AdvertImage                        
सामरी जालपा देवि मन्दिरको जात्रा समापन र बुद्दीबहादुर शाक्यलाई गरियो सम्मान
AdvertImage

सामरी जाल्पा देवि मन्दिरको जात्रा समापन र श्री बुद्धि बहादुर शाक्यको सम्मान कार्यक्रम सम्पन्न म्यागङ गाउँपालिकाको सामरीमा “हाम्रो संस्कार, हाम्रो संस्कृति र हाम्रो परम्पराको” मुल नारा सहित बर्सेनि धुमधामसंग मनाईने मंसिर पुर्णे जात्रा यसपटक पनि धुमधामसंग मनाईयो।
सामरीका स्थानीयहरुको हरेक घरबाट निम बत्ती र मादी बालिनुका साथै फुलको डोलि पनि तारियो।मनोकांक्षा पूरा गराउन होस वा भाकल हरेक घरबाट एकजना श्रद्वालु भक्ती पुर्वक व्रत बस्ने परम्परा रहेको स्थानीय बिष्णु शाक्यले पिटि अनलाइन बताए ।

रातभर जाग्राम बसि मादिमा तेल हाल्दा जाल्पा देवि माई खुशी हुने मान्यता र जनबिश्वास रहि आएको छ।

त्यसको अलवा यहाँको प्रमुख आकर्षण मारुनी नाच लोकप्रिय छ।
यहि नाच हेर्न कै निम्ति मात्रै पनि छिमेकी गाउँ र जिल्लाहरुबाट श्रद्वालुहरु आउने गरेको पाईन्छ।

यस बर्ष पुजाको समापन संगै बरिस्ठ समाजसेवी, सामजिक ब्याक्तित्व तथा यस पर्वका संरक्षककर्ता श्री “बुद्धि बहादुर शाक्य” र उहाँको धर्मपत्नी श्री नवरत्न शाक्य लगायत कृष्ण बहादुर शाक्य, मान बहादुर डंगोल ज्युहरुलाई सम्मान पनि गरिएको छ।

युवा पुस्ताले पनि उहाँहरुले जसरी नै परम्परा निरंन्तरता दिने बाचा गरियो।