


बैठकमै नेकपाका दुई अध्यक्षको जुहारी…
काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा अध्यक्षद्धयको दुबै प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल भएको हो ।
यसै क्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको आफूविरुद्धको प्रस्ताव फिर्ता गरेर माफी माग्नुपर्ने अडान दोहोर्याएका छन्। स्रोतका अनुसार ओलीले प्रचण्डले हालसम्म सचिवालय बैठकमा पेश भएका दस्ताबेजलाई समेटेर ‘बुकलेट’ प्रकाशित गरेकोमा समेत प्रचण्डले माफी माग्नु पर्ने अडान राखेका थिए। यसबाहेक ओलीले सहमतिमा महाधिवेशनमा जानुपर्ने र त्यसपछि मात्र पद्धतिको विषयलाई प्राथमिकतामा राखिने बताएका थिए भने निर्धारित स्थायी कमिटी बैठक सार्न समेत अडान राखेको बताइएको छ ।
तर, जवाफमा प्रचण्डले आफूले पेश गरेको प्रस्तावमाथि छलफल गर्न जरुरी रहेको अडान नै दोहोर्याएका थिए। प्रस्तावमाथि छलफल नगरौँ भन्नु ओलीले व्यक्तिवादको पराकाष्टा नाघेको उनको आरोप थियो। प्रस्ताव उपर छलफलनै नगरी रद्धीको टोकरीमा फाल्ने कुरा ठिक नभएको प्रचण्ड तर्क गर्छन्,’ बिना औचित्य प्रस्ताव पेश गरिएको होइन, त्यसैले छलफलै नगर्ने भन्नु गलत हो ।’
बैठकमा उनले प्रस्ताव दर्ता गर्नुपर्ने परिस्थिति सिर्जना हुनुको कारणले बारे पनि व्याख्या गरेका थिए। प्रचण्डले तर्क गरिरहेको अवस्थामा ओलीले उनलाई रोकेका थिए । आफ्नो तर्क राखिरहेको बेलामा रोकेपछि सचिवालयका सदस्यहरुले बैठकमा सामेल भएर बोल्न समेत रोक्नु कहाँसम्मका हुकुमी शैली हो भन्दै विरोध गरेपछि ओलीले फेरि प्रचण्डलाई बोल्न दिएका थिए।
अन्तमा प्रचण्डले हालको स्थिति स्थायी कमिटी निर्णय नमान्दा आएको हो भनेको थिए। प्रधानमन्त्री समेत रहेका अध्यक्षले बैठकको माग गर्दा त्यसलाई गम्भीरतापूर्वक नलिएर पत्र पठानु र त्यसमा झुठा आरोप लगाईपछि प्रस्ताव दर्ता गर्न आफूहरु बाध्य भएको बताएका छन् । उनले भने, ‘फिर्ता गर्न प्रस्ताव ल्याएका होइनौँ, त्यसमा छलफल हुनुपर्छ ।’
भर्खरै प्रकासित
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान
- पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए
- सुनको भाउ यति धेरै घट्यो
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दायर
Trending News
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- शैक्षिक सत्र जेठसम्म लम्ब्याउने मन्त्रालयको तयारी
- जुम्लाको गोठी गाउँमा आगलागी, ३० घर जलेर खरानी
- नुवाकोटका मिलन लामा सहित १८ जनाको सव शनिवार नेपाल आईपुग्यो