


१६ मङ्सिर,काठमाडौँ
सरकारले देशका तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि साेमबार एकैदिन दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको छ ।
पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले साेमबार एकैसाथ दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका तीन सय ९६ पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन लागेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले देशका तीन सय ९६ पालिकामा एक साथ पाँच शय्या, १० शय्या र १५ शय्याका पालिका स्तरका आधारभूत अस्पतालहरूको शिलान्यास गरिएको बताउनुभयो ।
यस्तै सात वटा प्रदेशमा ५०/५० शय्याका सरुवा रोग अस्पतालहरूको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । पालिका स्तरमा निर्माण हुन लागेका तीन सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।
यस्तै सात वटै प्रदेशमा निर्माण हुने सरुवा रोग अस्पतालका लागि हरेक अस्पताललाई आठ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सात सय ५३ पालिकामध्ये ६ सय ४९ पालिकामा यसअघि पनि अस्पताल थिएन । तीमध्ये पहिलो चरणमा तीन सय ९६ पालिकामा अस्पताल निर्माण गर्न लागिएको हो ।
भर्खरै प्रकासित
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान
- पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए
- सुनको भाउ यति धेरै घट्यो
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दायर
Trending News
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- शैक्षिक सत्र जेठसम्म लम्ब्याउने मन्त्रालयको तयारी
- जुम्लाको गोठी गाउँमा आगलागी, ३० घर जलेर खरानी
- नुवाकोटका मिलन लामा सहित १८ जनाको सव शनिवार नेपाल आईपुग्यो