


१५ मंसिर, त्रिशूली ।
गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको बा२७ प ८६५८ नंं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी करिब दुई हजार ५०० मिटर तल खसेका थिए ।
दुर्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाएका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीतयहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा साविक नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए भने पार्टी एकतापश्चात् नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए ।
भर्खरै प्रकासित
- दुप्चेश्वरमा सामुदायिक घुम्ती कानुनी क्लिनिक सञ्चालन
- कोभिड विरुद्धको खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा असर देखियो
- कोरोना खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाए
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान
- पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए
Trending News
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- दुप्चेश्वरमा सामुदायिक घुम्ती कानुनी क्लिनिक सञ्चालन
- कोभिड विरुद्धको खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा असर देखियो
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग
- शैक्षिक सत्र जेठसम्म लम्ब्याउने मन्त्रालयको तयारी