AdvertImage

दुप्चेश्वरमा नेकपाका १५२ जना कार्यकर्ता काँग्रेस प्रवेश

समाचार डेस्क १४ मंसिर २०७७, आईतवार १९:०१
               
AdvertImage                        
दुप्चेश्वरमा नेकपाका १५२ जना कार्यकर्ता काँग्रेस प्रवेश
AdvertImage

मंसिर १४, नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १५२ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसको अगुवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा दुप्चेश्वर गाउँपालिका वडा नं. २, ३, ६ र ७ का नेकपा कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्र्रवेश गरेका हुन् । नवप्रवेशीहरुले पार्टीको सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्ने संकल्प गरेका छन् ।

 

अगुवा भेला कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जगदिश्वर नरसिंह केसी, महासमिति सदस्य रमेश कुमार महत, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, क्षेत्रीय सभापति धु्रव अधिकारी, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङ, उपाध्यक्ष अन्जु आचार्य लगायत दुप्चेश्वर काठमाडौं सम्पर्क समितिका संयोजक शुशिल खड्का लगायत उपस्थित थिए ।

कार्यक्रममा वडा सभापति एवं कार्य समिति सदस्य लगायत काँग्रेसका करीब ४ सय कार्यकर्ताको उपस्थिती थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले पार्टीलाई एक ढिक्का भएर अघि बढाउने संकल्प गरेका छन् ।

पछिल्लो केही समय यता जिल्लामा काँग्रेस प्रवेशको लहर चलेको छ । यसमा नेकपाको आन्तरिक द्वन्द्व र पार्टीका नेताहरुप्रतिको असन्तुष्टि पहिलो कारक रहेको विश्लेषकहरु बताउँछन् । नेकपा भित्रको आन्तरिक कलहका कारण कार्यकर्तामा एक किसिमको नैरास्यता  बढेको छ । विश्लेषकहरुले यो नौलो विषय भने नभएको बताएका छन् । उनिहरु भन्छन्, ‘एउटा पार्टीबाट अर्को पार्टीमा जाने वा आफूलाई मन पर्ने दलमा आवद्ध हुने नागरिकको वयक्तिक स्वतन्त्रता हो त्यसैले काँग्रेसका कार्यकर्ताहरु नेकपा वा नेकपाका कार्यकर्ताहरु काँग्रेस प्रवेशका खबरहरु आउने गरेका हुन् ।’