AdvertImage

आईतवार थप १२५५ जनामा संक्रमण पुष्टी

अखबार पाटी १४ मंसिर २०७७, आईतवार १७:५३
               
AdvertImage                        
आईतवार थप १२५५ जनामा संक्रमण पुष्टी
AdvertImage

१४ मङ्सिर,काठमाडौँ

पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर रहेका प्रयोगशालाहरुमा कुल ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । उनीहरुमध्ये २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् भने १४७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर १७ हजार ९०९ संक्रिय संक्रमित छन् ।