AdvertImage

नेकपा विवाद : जिल्ला तह सम्म आईपुग्यो

अखबार पाटी ६ मंसिर २०७७, शनिबार १६:०८
               
AdvertImage                        
नेकपा विवाद : जिल्ला तह सम्म आईपुग्यो
AdvertImage

६ मङ्सिर,चितवन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद को असर जिल्लातह सम्म आइपुगेको छ ।

चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका हुन् ।

राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए ।
उनले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए । ‘पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न दिदैनौं’ आचार्यले भने ।

नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।